काँग्रेसले देश र प्रदेशका सीमालाई एउटै बास्केटमा हालेर हेर्दैनः काँग्रेस प्रवक्ता शर्मा

काठमाडौं । नक्साको पक्षमा एक ढिक्का भएर मतदानको विकल्प नभएको नेपाली काँग्रेसले बताएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले नक्शाको पक्षमा एक ढिक्का भएर मतदानले राष्ट्रिय एकता मजबुत हुने बताएका छन ।

प्रवक्ता शर्माले ट्वीट गर्दै भनेका छन, ‘नक्साको पक्षमा एक ढिक्का मतदानले रास्ट्रिय एकता मजबुत हुनेछ । यसमा दायाँ, बायाँर किन्तु, परन्तुलाई ठाउँ हुँदैन ।’

उनले देश र प्रदेशको सिमा फरक भएकाले त्यसलाई एउटै बास्केटमा राखेर नहेर्ने पनि स्पस्ट पारेका छन । भनेका छन, ‘संशोधनका अन्य प्रस्ताव व्यक्ति या दलका स्वभाविक हक हुन् । कांग्रेस मध्यमार्गी थियो र रहन्छ । हामी देश र प्रदेशको फरक सीमालाई एउटै बास्केटमा राखेर हेर्दैनौं ।’