‘एक चिलिम’मा बले र सायसा

काठमाडौं । कोरोना महामरीका बीच गायक केशब भाबुकले म्युजिक भिडियो ‘एक चिलिमु सार्वजनिक गरेका छन । लकडाउनले दिकदार परिवेशमा गीतमार्फत छोटो जिन्दगीमा चिन्ता, पीर नलिएर रमाइलोसँग जीवन विताउन सुझाइएको छ ।

गीतमा स्वरसँगै शब्द र संगीत पनि गायक भाबुककै रहेको छ । स्वरमा साथ भने गायिका बेनुका राईले दिएकी छिन् । बिनय केटुले गीतको संगीत संयोजन गरेका छन ।

म्युजिक भिडियोमा कलाकार सागर लम्साल ‘बले’ र सायसाले अभिनय गरेका छन । डान्सिङ बिटको भिडियो सुमन तामाङले कोरियोग्राफी गरेका हुन् । भिडियो सम्पादन बिज्ञान राईले गरेका हुन ।