मिनहाजलाई ‘कोभिड-१९ हिरो’अवार्ड

काठमाडौं । अमेरिकास्थित हामी नेपाली ग्लोबलले समाजसेवी युवा मिनहाज खानलाई सम्मानित गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको विसम अवस्थामा दरिब, दुःखी, असहाय र अलपत्र परेकालाई ७२ दिनदेखि निरन्तर सेवा गरेकोमा उनलाई ुकोभिड १९ हिरोुद्वारा सम्मानित गरिएको हो ।

कोरोना कहर सुरु भएसँगै उनले काठमाडौं ठमेलको सातघुम्ती चोकमा रहेको आफ्नै कफि क्याफे ‘कफी विथ मेन्ज’को सटर अगाडि उनले सुरुमा ५०, ६० प्याकेट भेज बिर्यानी बाँड्न सुरु गरेका हुन । केही महिना अघि कात्रै निधन भएका आफ्ना बुवाको सम्झनामा उनले समस्यामा परेकालाई भेज बिर्यानी खुवाउने काम मात्रै थालेनन् लकडाउनमा फ्रन्टलाइनमा उभिएर खट्नेहरुका लागि पिपिई, मास्कलगायतका स्वास्थ्य सामग्री पनि उनले वितरण गरेका छन ।

‘मेरो बुवाले थाल्नु भएको गार्मेन्टक कम्पनी छ, त्यहाँ हामी आफै पिपिई, मास्कलगायतका सामग्री निर्माण गर्छौँ,’ मिनहाजले भने, ‘त्यसले गर्दा पनि मलाई समाजसेवा गर्न सहज भएको हो ।’ उनले विभिन्न नेता, समाजसेवी र संस्थामार्फत हालसम्म १८ सय पिपिई, २० औँ हजार मास्क बाँडेका छन भने १३ हजारभन्दा बढीलाई खाना खुवाईसकेका छन ।

‘सुरुमा मैले आफ्नै जोहोबाट समाजसेवा सुरु गरेको हुँ,’ उनले भने, ‘पछि साथीहरुको सुझावमा मिन्ज फाउण्डेसन’ स्थापना गरेर सेवा गर्दै आएको छु ।’

उनलाई समाजसेवा गर्न आफ्नै गार्मेन्ट र अन्य व्यवसाय भएकाले पनि सहज भएको बताउँदै भने, ‘कुनै संस्था, निकाय वा व्यक्तिलाई पिपिई, मास्क ठूलो मात्रामा चाहियो भने पनि हामी लागत मुल्यमै उपलब्ध गराइदिन्छौँ । यस्तो दुःखको घडीमा हामीले गर्ने सेवा त छँदैछ, कसै अरुले गर्न चाहन्छ भने पनि हामी बजार मुल्य लिँदैनौँ ताकि उहाँहरुमार्फत पनि देशमा स्वास्थ्य सामग्री पुग्न सकोस ।’