निसर्ग प्रभावले मनसुन सक्रिय : यी ठाउँमा हुँदै वर्षा

काठमाडौं । अरब सागरमा बनेको चक्रवात निसर्गको असरले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहको छ ।

बिहीबार रातिबाट नै देशका अधिकांश स्थानमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहिबार साँझ आफ्नो ट्विटर ह्यान्डलमा दिएको जानकारी अनुसार अरबर सागरमा विकसित निसर्ग चक्रवात कमजोर बनेर बनेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा पानी परिरहेको हो ।

प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशसहित प्रदेश ५ का पूर्वी क्षेत्रमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

आज र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको अर्का मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । भोलि बेलुकादेखि भने मौसम खुल्दै जाने अनुमान छ ।