बैतडी जिल्ला अस्पतालमा सुत्केरीको आरडिटी पोजेटिभ देखिएपछि १९ जना स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टिनमा

बैतडी । जिल्ला अस्पताल बैतडीमा उपचाररत सुत्केरीमा कारोना भाइरसको जाँच गर्दा आरडिटी पोजेटिभ देखिएपछि अस्पतालका १९ जना स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टिनमा बसेका छन । उपचारमा संलग्न चिकित्सकहरु क्वारेन्टिनमा बसेको अस्पतालले जनाएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिकाकी महिलाको महिला १९ गते अस्पताल भर्ना भएर २० गते सुत्केरी भएकी थिइन् । २१ गते ती महिलालाई एक्कासी ज्वरो आएपछि आरडीटी विधिबाट परीक्षण गरिएको थियो ।

‘सुत्केरी भएको अर्को दिन महिलामा १०५.१ डिग्री ज्वरो आएपछि कोरोनाको आशंकामा आरडिटी परीक्षण गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा वसन्त जोशीले बताए ।

महिलाको स्वाब पिसिआर बिधिबाट परीक्षण गर्न पठाइएको छ । हाल बैतडी अस्पतालका ३ जना डाक्टर, १० नर्स, ३ जना ल्याव असिस्टेन्ट र ३ जना कार्यालय सहयोगी सेल्फ क्वारेन्टाइन छन् । जिल्ला अस्पतालमा त्यसै जनशक्ति कम भएको बेला भएका स्वास्थ्यकर्मीले क्वारेन्टिनमा बस्नुपरेपछि सेवाग्राहीलाई थप समस्या भएको छ ।

‘पीसीआरको रिपोर्ट नेगेटिभ आएमा काममा फर्किने स्वास्थ्यकर्मीहरुले बताएका छन ।