भारतमा एकैदिन करिब १० हजारमा संक्रमण, संक्रमितको संख्या २ लाख ३६ हजार नाघ्यो, ६ हजार ६ सयभन्दा बढीको मृत्यु, देशभर लकडाउन खुकुलो बनाइँदै

एजेन्सी । भारतमा हरेक दिन कोरोना संक्रमण तीव्र बन्दै गएको छ । पछिल्लो २४ घन्टामा नौ हजार आठ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ भने यो अवधिमा दुई सय ९४ जनाको मृत्यु भएको छ ।

हालसम्म भारतमा दुई लाख ३६ हजार ६ सय ५७ जना संक्रमित भइसकेका छन भने त्यसमध्ये एक लाख १४ हजार ७३ जना निको भएका छन । अझै एक लाख १५ हजार नौ सय ४२ संक्रमित उपचारमा छन । तर भारतले लकडाउनलाई विस्तारै खुकुलो बनाउँदै लगेको छ ।

जुन ८ देखि भारतमा होटेल, रेष्टुराँ, धार्मिकस्थलहरु निस्चित मापदण्ड पुरा गरेर चलाउने तयारी थालिएको छ । रेल, यातायात र आन्तरिक हवाइसेवा यसअघि नै संचालन भइसकेका छन । यातायात र हवाइ सेवाबाट पनि भारतमा संक्रमण फैलिरहेका रिपोट आइरहेको त्यहाँका मिडियाले उल्लेख गरेका छन ।