शनिबार थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२ सय नाघ्यो, ३६५ जना निको भए

काठमाडौं । नेपालमा शनिबार थप तीन सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर कोरोना संक्रमितको संख्या तीन हजार दुई सय ३५ पुगेको छ । नेपालमा आज थप दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । आजसम्म उपचारपछि निको हुनेको संख्या तीन सय ६५ पुगेको छ ।