गण्डकी प्रदेशमा थप ३८ कोरोना पुष्टि, संक्रमित संख्या ११३ पुग्यो

काठमाडौं । गण्डकी प्रदेशका चार जिल्लामा आज विहानै थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्याङ्जामा १४ जना, बाग्लुङमा १० जना, गोरखामा १० जना र नवलपरासी पूर्वमा चार जना गरी ३८ जना नयाँ संक्रमित थपिएका छन् । उनीहरू सबै २० देखि ४६ वर्ष उमेर समूहका पुरुष रहेको बताइएको छ ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ ।