डोटीमा क्वारेन्टाइनमै गयो १९ वर्षीय युवाको ज्यान

डोटी । डोटीमा रहेको एउटा क्वारेन्टाइनमा १९ वर्षीया युवाको ज्यान गएको छ । जिल्लाको केआईसिंह गाउँपालिका- ३ स्थित सिताराम आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमा बस्दै ति युवाको आइतबार बिहान मृत्यु भएको हो ।

केआईसिंह गाउँपालिका- ३ दल्ल घर भएका उनको बिहान तीन बजे मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए ।

उनी मुटु रोगी भएको बताइएको छ । भारतको दिल्लीबाट उनी जेठ २० गते आएर क्वारेन्टाइनमा बसेका थिए ।

मृतकको स्वाब संकलन गरी पीसीआर परीक्षणको तयारी भइरहेको स्वास्थ्य संयोजक बोहराले बताए।