जन्म दिनका अवसरमा निसर्ग हस्पिटलका अध्यक्ष पन्तद्वारा खाद्य सामग्री वितरण

धनगढी । धनगढीस्थित निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरका अध्यक्ष तीर्थ पन्तले आफ्नो जन्म दिनका अवसरमा पाँच हजार जनालाई खान पुग्ने खाद्य सामग्री वितरण गरेका छन ।

भारतबाट दैनिक स्वदेश फर्किरहेका नेपालीहरुलाई एक दिन पुग्ने गरि खाद्य सामग्री हस्तान्तरण गरेको सामाजिक सेवामा सक्रिय युवाहरुको संस्था रोयल कोल्याब्रेसनले जनाएको छ ।

अध्यक्ष पन्तले आज परेको जन्म दिनका अवसरमा हप्तौँपछि दुःख भोगेर स्वदेश फर्किएका नेपाली दाजुभाइ, दिदीबहिनीलाई सहयोग पुगोस भनेर खाद्य सामग्री हस्तान्तरण गरेको बताए ।

उनले सीमामा सामाजिक सेवा सक्रिय युवाहरुको संस्था रोयल कोल्याब्रेसनलाई दाल, चामल, आलु, प्याज, पानी हस्तान्तरण गरेका हुन । निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरले जेठको पहिलो सातादेखि नै भारतबाट स्वदेश फर्कनेलाई धनगढी सीमानाका खाना खुवाउने व्यवस्था गर्दै आएको छ ।

निसर्गको उक्त सामाजिक काममा नेपालगन्ज मेडिकल कलेजका सह निर्देशक डा नितेश कनौडिया र उनका साथी मिलेर सामाजिक कामका लागि खोलिएको संस्था फिल द बकेट अनि नेपालगन्ज मेडिकल कलेज पनि नेपालीलाई खाना र पानी खुवाउने काममा जोडिएका छन ।