६६ पत्रकारको कोरोना बिमा

पाँचथर । पाँचथरमा पहिलो चरणमा ६६ जना पत्रकारको निःशुल्क कोरोना बिमा गरिएको छ । नेपाल पत्रकार महासंघ पाँचथरको समन्वयमा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद भिष्मराज आङदेम्बेले गृह जिल्लाका पत्रकारको कोरोना बिमा गरिदिएका हुन ।

कोरोनाको संक्रमण बढ्दै जाँदा अग्रमोर्चामा काम गर्ने पत्रकार पनि असुरक्षित हुने भएकोले उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्ध्द संसदीय समितिका पूर्व सभापति आङदेम्बेले गृह जिल्लाका पत्रकारहरुको बिमा गर्न सहयोग गरेको बताए । । बिमाका कारण फिल्डमा काम गर्ने पत्रकारको मनोबल बढ्ने विश्वास गर्दै उनले स्वास्थ्य सुरक्षा र सजगता अपनाई काम गर्नु पर्ने बताए ।

पत्रकार महासंघ पाँचथरका लवदेव ढुंगानाका अनुसार क्रियाशील स्थानीय एफएम, पत्रिका र अनलाइनका पत्रकारहरु र राष्ट्रिय मिडियाका संवाददाताहरुको बिमा गरिएको हो । बिमा गरिएका पत्रकारको पीसीआर परीक्षणमा पोजेटिभ देखिएमा कम्पनीले एक लाख रुपैंया प्रदान गर्नेछ ।