गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार बिहान थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय अनुसार मंगलबार नवलपरासी पूर्वका १२, बाग्लुङका ११ र म्याग्दीका एक जनामा कोरोना पुष्टि भएको हो।

नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व)का बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका ४०, १९, ३०, १८ देखि ३० वर्षका पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै म्याग्दीको बेनी नगरपालिकाका ४६ वरषका एक पुरुष तथा बाग्लुङका निसीखोला गाउँपालिकाका ३ पुरुष र बरेङ गाउँपालिकाका ८ जना पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ ।