रुपन्देहीको तिलोत्तमामा ५ जनाको सामुहिक हत्या

काठमाडौं । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवा गाउँमा गए राति ५ जनाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा- १० कान्छीबजारमा रहेको भैसी फार्ममा काम गर्ने ५ जनाको हत्या भएको हो ।

मृतकहरूको पहिचान हुन सकेको छैन। अहिले प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने काम गरिरहेको छ ।

हत्याको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ । मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् ।