तरुण दल लमजुङद्वारा राहत बितरण

लमजुङ । नेपाल तरुण दल लमजुङले यहाँको क्व्होलासोथार गाउँपालिका ५ सिङ्दिका सय घर परिवारलाई राहत वितरण गरेको छ। तरुण दलका अध्यक्ष ललित गुरुङले ५० हजार, कांग्रेस नेता तथा मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डेले ३२ हजार, वडा नं ७ का गगन घिमिरेको तर्फबाट १६ हजार र अध्यक्ष ललित गुरुङका आमा बुवाबाट बाँकी रकम आर्थिक सहयोग गरेका थिए ।

राहत बितरण कार्यक्रममा नेपाल तरुण दल लमजुङका अध्यक्ष ललित गुरुङ, नेविसंघ कास्कीका नि वर्तमान सभापति बिकास थापा, नेपाली कांग्रेस वडा इकाई सभापति टेकबहादुर गुरुङ, वडा अध्यक्ष गितबहादुर गुरुङलगायतको उपस्थिति थियो । लकडाउनको पालना गरि सामाजिक दुरी कायम गर्दै राहत वितरण गरिएको थियो ।

राहत वितरण कार्यक्रममा बोल्दै तरुण दल अध्यक्ष गुरुङले जन्मथलोको आफूलाई निकै माया रहेको बताउँदै हरेक लमजुङवासीको सुख, दुःखमा आफूले सधैं साथ दिने प्रतिबद्धता जनाए । गुरुङले सदरमुकाम बेशिसहरदेखि आफ्नो गाउँसम्म अझै बाटो नबनेकोमा दुःख व्यक्त गर्दै ब्यक्तिगत र सिङ्गो नेपाली कांग्रेसको तर्फबाट गाउँमा बाटो ल्याउन जस्तोसुकै सहयोग गर्न पनि आफुहरु तयार रहेको बताए ।