आज थपिए २५० संंक्रमित, नेपालमा कूल संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो, निको हुने ८६१ जना

काठमाडौं । गएको २४ घन्टामा नेपालमा थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बिहीबारसम्म नेपालमा कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार एक सय ९४ जनाको पिसीआर विधिबाट परीक्षण गरिएको छ। बिहिबारमात्रै एक सय ८७ जना उपचारपछि निको भएर घर फर्किएका छन । हालसम्म निको हुनेको संख्या ८ सय ६१ पुगेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।