मेगा बैंकका ग्राहकले कोरोनाबारे स्वास्थ्य सामाग्री किन्दा विशेष छुट

काठमाडौं । कोरोना महामारीबाट सावधानी अपनाउन आवश्यक पर्ने बिभिन्न स्वास्थ्य सामाग्री खरिदमा मेगा बैंक नेपाल लिमिटेडका ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको छ ।

मेगा बैंकका ग्राहकलाई रिचार्जर नामक अनलाइन सपिङबाट स्वास्थ्य सामाग्री खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । पिपीई, सेनिटाइजर, इन्फ्रारेड थर्मोमिटर, सर्जिकल मास्क, ग्लोब्स, सेफ्टी सुज, सेफ्टी चश्मा, फेस प्रोटेक्टर, डिस्इन्फेक्टेन्ट स्प्रेलगायत विभिन्न सामाग्री खरिदमा मेगा छुटको व्यवस्था गरिएको रिचार्जरले जनाएको छ ।

मेगा बैंकका डेबिट र क्रेडिट कार्डबाहक ग्राहकले कार्डबाट इकमर्समार्फत रकम भुक्तानी गर्दा प्रत्येक पटक १० प्रतिशत र अधिकतम ५ सय रुपैंयाँसम्म छुटको व्यवस्था गरिएको हो । रिचार्जरको वेभसाइट तथा मोबाइल एप्समार्फत ग्राहकले सामान अर्डर गर्न सक्नेछन् ।

देशव्यापी लकडाउनको असहज अवस्था तथा कोरोनाको सम्भावित जोखिमबाट जोगिन सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।