भुपू र सिर्जनाको ‘छोटो छ जिन्दगी’

काठमाडौं । गायक भुपू पाण्डे र चर्चित हाँस्यटेलिश्रृङ्खला सक्किगोनीकी सिर्जना अर्थात उषा उप्रेतीको ‘छोटो छ जीन्दगी’ सार्वजनि भएको छ ।

नारायण नेपालीको शब्द रहेको गीतमा संगीत तथा स्वर भुपू पाण्डे र मेलिना मैनालीको स्वर छ । वैदेशिक रोजगारीले दम्पतीको जीवनमा ल्याएको विछोडलाई कलात्मक शैलीमा गीतले प्रस्तुत गरेको छ ।

गायक भूपु र उषाको अभिनय रहेको म्युजिक भिडियोको कथा, कन्सेप्ट तथा निर्माण गायक स्वयमले गरेका हुन । नेपालकै अछाम तुल्तादेखि भारतको राजस्थानसम्मको स्थललाई भिडियोमा समावेश गरिएको छ ।

योगेश दहालले खिचेको भिडियो मनोज कार्कीले सम्पादन तथा श्याम कुँवरले रंग सम्पादन गरेका हुन् ।