शनिबार थपिए २७३ संक्रमित, आजसम्म १८ जनाको मृत्यु, ९१३ जना निको भए

काठमाडौं । आज नेपालमा २७३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा दुई सय ४७ पुरुष र ३६ जना महिला छन् ।

थपिएका संक्रमितहरू कपिलवस्तुका २५ जना, दाङका २ जना, बाँकेक १७ जना, रोल्पाका १६ जना, बर्दियाका ६ जना, महोत्तरीका १ जना, सर्लाहीका १३ जना, गुल्मीका २ जना, रुपन्देहीका ५ रौतहटका ९२ जना, झापाका ५ जना, मोरङका ४ जना, पर्साका ६ जना, बाराका १ जना, पर्बतका ४ जना, नवलपरासीका १ जना, दैलेखका ३० जना, सुर्खेतका ४० जना छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यो सँगै नेपालमा संक्रमितको संख्या पाँच हजार तीन सय ३५ पुगेको छ । कुल संक्रमितमध्ये चार हजार नौ सय ४९ जना पुरुष छन् भने तीन सय ८६ जना महिला छन् ।

आजसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । कोरोना संक्रमणलाई जितेर उपचारपछि घर फर्कनेहरु नौ सय १३ जना पुगेको मन्त्रालयले जनाएको छ ।