आजको मौसम : कतै समान्य त कतै भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ र २ का एक–दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ ।

महाशाखाका अनुसार अहिले बिहान प्रदेश २, बागमती र ५ मा घाम लागेको छ। तर केही बेरपछि मौसम बदली हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे प्रकाशन गरेको बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, २, बागती, गण्डकी र ५ का केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने सम्भावना छ ।

यस्तै राति प्रदेश २, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।