रुकुम घटनाका अभियुक्त ३४ जनाविरुद्ध अभियोग दर्ता

काठमाडौं । जेठ १० गते चौरजहारी नगरपालिका–८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध आज अभियोग दर्ता भएको छ ।

छ जना युवाको ज्यान गएको सोती घटनामा ३४ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । आज रुकुम जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दायर भएको हो ।

घटनामा संलग्न भन्दै आरोपी ३३ जनालाई कर्तव्यज्यान,ज्यान मार्ने उद्योग,जातीय भेदभाव र छुवाछुत कसुरको अभियोग लगार्ईएको छ भने एक जनालाई घटनाको मतियारको अभियोग लगाइएको छ ।

कर्तव्य ज्यान,ज्यान मार्ने उद्योग,जातीय भेदभाव र छुवाछुत कसुरको अभियोग लाग्नेमा फरार ५ जनासहित वडाध्यक्ष डम्बरबहादुर मल्ल छन् ।