सुदूरपश्चिममै पहिलोपटक गरियो निसर्गमा फुटेको अनुहारको सफल शल्यक्रिया

धनगढी । धनगढीस्थित निसर्ग हस्पिटनल एन्ड रिसर्च सेन्टरमा अनुहारको जटिल सल्यक्रिया सफल भएको छ । कृष्णपुर नगरपालीका ७ शान्तिपुरकी ३६ वर्षीया गोमती पार्कीको टुक्रा टुक्रा भएको अनुहारको हड्डी जोडेर अनुहारको सेपलाई मिलाइएको अस्पतालले जनाएको छ ।

जेठ २२ गते गेटा आँखा अस्पतालको चौथो तलामाथिको लिफ्टबाट खसेर पार्कीको नाक र अनुहारका हड्डी टुक्रा टुक्रा भएका थिए । जसले नाक र मुखको सेप नै बिग्रिएको अवस्थामा उनलाई अस्पताल ल्याइएको थियो ।

धनगढीस्थित निसर्ग अस्पतालमा उनको बिग्रेको अनुहारको सेपलाई मिलाएको अस्पतालले जनाएको छ । स साना प्लेट राखेर टुक्रेका नाक र मुखका हड्डीलाई जोडिएको अस्पतालका चिकित्सकले बताएका छन । म्याग्जिलो फेसियलको स्पेसल टिमद्वारा सुदूरपश्चिममा पहिलो पटक अनुहारको यति ठूलो शल्यक्रिया गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

पार्की एकल महिला हुनुका साथै उनको आर्थिक अवस्था निकै कमजोर भएकाले दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएकी थिइन । ती महिलाको उपचार सहुलियतमा गरिदिएको अस्पतालले जनाएको छ।

उनका जेठाजु गोरे पार्कीका अनुसार उनी मजदुरी गरेर जीवन धान्दै आएकी थिइन्। मुख, अनुहार तथा बङ्गारा विशेषज्ञ डा दीपक ठकुराठी, एनेस्थेसियोलोजिस्ट डा हेमन्त ओझालगायतको टिमले उनको उपचार गरेको हो ।

धनगढीका अन्य अस्पताले अप्रेसन गर्न नसक्ने जनाएपछि उनलाई निसर्गमा ल्याइएको पार्कीका जेठाजु गोरेले बताएका छन । कोरोना महामारीका बीच पनि अस्पतालले जटिल खालका अप्रेसन र अन्य उपचारलाई निरन्तरता दिएको छ ।