पकिस्तानमा भारतीय उच्चायोगका दुई कर्मचारी बेपत्ता !

एजेन्सी । पाकिस्तानको इस्लामाबादमा रहेको भारतीय उच्चायोगमा काम गर्ने दुई अधिकारी बेपत्ता भएका छन । भारतीय मिडियाका अनुसार दुई घन्टादेखि उनीहरु विहान करिब १० बजेदेखि बेपत्ता भएका हुन ।

भारत सरकारले यस विषयमा पाकिस्तान सरकारलाई जाहेरी गरिसकेको छ । दबै जना अधिकारीको खोजी भइरहेको बताइएको छ

यो घटना यस्तो समयमा भएको छ कि पाकिस्तान उच्चायोगका दुई जना पाकिस्तानी अधिकारीलाई जासुसीको आरोप लागेपछि भारतले उनीहरुलाई देश छोडनका लागि भनेको थियो । यी दुई जना दिल्लीको भिषा विभागमा काम गर्दै आएका थिए ।

यसपछि पाकिस्तानमा केही दिनदेखि भारतीय अधिकारीको पिछान गर्न सुरु गरिएको थियो । भारतले अत्याधिक निगरानीलाई लिएर बिरोध पनि दर्ता गराएको थियो ।

भारतीय अनुमान छ कि आफ्ना अधिकारीलाई पक्राउ गरिएकोमा पाकिस्तानले अब पाकिस्तानमा कार्यरत भारतीय अधिकारीलाई फसाउने सडयन्त्र गरिरहेको छ । भारतीय विदेश मन्त्रालयले पाकिस्तानमा भारतीय अधिकारीहरु लापता भएको विषयलाई उठान गरेको छ ।