देशभर कोरोना संक्रमितको संख्या ६२ सय नाघ्यो, आज मात्रै थपिए साढे चार सय संक्रमित, उपत्यकामा थप पाँच जनामा कोरोना संक्रमण

काठमाडौं । आज मात्रै नेपालभर चार सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ६ हजार दुई सय ११ पुगेको छ । हालसम्म नेपालमा कोरोनाबाट १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पाँच जना उपत्यकामा संक्रमित

आज काठमाडौं उपत्यकाका पाँच जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरकी एक महिलामा संक्रमण पुष्टि भएको हो ।

हजारभन्दा बढी डिस्चार्ज

कोरोना संक्रमितमध्ये एक हजार जनाभन्दा बढी डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबारसम्म एक हजार ४१ जना डिस्चार्ज भएर घर फर्किएका छन ।