गजल

० सुधा शाह

यो मनमा चिसो पस्दा, नातामा दरार भयो
कैयौं पटक रमाइलो, क्षणमै प्रहार भयो

गर्छु भन्थ्यो चोखो माया, तिमिलाई सधैं भरी
तर उहीँ मान्छे आज, मन चोरेर फरार भयो

प्रेम त आँखिर मजबुत, बलियो नै थियो हजुर
थाहै भएन सम्बन्ध पो, के कारणले करार भयो

प्रेम पुजारी ठान्थेँ मैले, ब्यापारी पो रै छ उm त
आज उस्कै मनबाट लौ, मायाको ब्यापार भयो

(रुकुमकोट, हालः नेपालगन्ज