कास्कीमा पहिरो जाँदा ३ जनाको मृत्यु

पोखरा । कास्कीमा पहिरो जाँदा तीन जनाको ज्यान गएको छ । जिल्लाको माछापुछ्रे गाउँपालिका वडा नम्बर ८ खोराकोमुखमा गए राती गएको पहिरोमा परी तीन जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार प्रेमराज विकको घरमा पहिरो खस्दा तीन जनाको ज्यान गएको हो । उनका अनुसार पहिरोले प्रेमराजका माइलो छोराको छोरा १६ वर्षीय नाती कुशल विक, १६ वर्षकी नातिनी रोजिना विक र १४ वर्षीय नाती समिर विककको ज्यान गएको छ ।

पहिरोमा पुरिएका तीनै जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।