कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा तीन जना निर्देशक चयन

काठमाडौं । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तीन जना सदस्यलाई निर्देशकको जिम्मेवारी तोकेको छ । प्रतिष्ठानका प्रमुख एवम् काँग्रेस उपसभापति विमलेन्द्र निधिले प्रतिष्ठानका तीन जना सदस्यलाई निर्देशकमा मनोनित गरेका हुन् ।

कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१) (घ) बमोजिम तनहुँका डा जगदीशचन्द्र पोख्रेल नीति निर्देशकमा, महोत्तरीका डा सूर्य ढुंगेल अनुसन्धान निर्देशकमा र ओखलढुंगाका खिलानाथ दाहाल प्रशिक्षण निर्देशकमा नियुक्त भएका हुन् ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्ताम दाहालले सप्तरीका रञ्जित कर्णलाई यसअघि युवा प्रशिक्षण कार्यक्रम संयोजकमा मनोनयन गरिएको बताए ।