काँग्रेसद्वारा शाहीको स्वास्थ्यलाभको कामना

काठमाडौं । काँग्रेसले पार्टीका केन्द्रीय सदस्य, पूर्व मन्त्री, कांग्रेस प्रदेश सभा संसदीय दल एवं विपक्षी दलका नेता जीवनबहादुर शाहीको स्वास्थ्य लाभको कामना गरेको छ ।

केही समयदेखि कोरोना भाइरस संक्रमणका कारण होम आइसोलेसनमा रहेर उपचार गराइरहेका शाहीको पार्टीले स्वास्थ्यलाभको कामना गरेको हो । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै शाहीको स्वास्थ्य लाभको कामना गरेको हो ।