भारतमा एकै दिन ३७ हजार कोरोना संक्रमित थपिए

एजेन्सी । भारतमा दिनहुँ कोरोना संक्रमितको संख्या थपिँदो छ । भारतमा शनिबार मात्रै ३७ हजार ४ सय ७ संक्रमित थपिएका छन् ।

योसँगै भारतमा संक्रमितको संख्या १० लाख ३८ हजार ७ सय १६ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा भारतमा ५ सय ४३ जनाले ज्यान गुमाएका छन् ।

शनिबार महाराष्ट्रमा संक्रमितको संख्या ३ लाख ९ सय ३७ पुगेको छ भने २४ घण्टामा यहाँ ८ हजार ३ सय ४८ संक्रमित थपिएका छन् ।

मुम्बईमा मात्र संक्रमितको संख्या १ लाख ३ सय ५० छ। यहाँ ११ हजार ५ सय जनाको मृत्यु भएको छ ।