‘यी नदीमा छ बाढीको उच्च जोखिम’

काठमाडौं । केही दिनदेखिको जारी झरीका कारण देशभरका विभिन्न नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढीरहेकाले बाढी तटिय क्षेत्रमा बाढी आउने उच्च सम्भावना रहेको बताउँदै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।

आज कोशी, नारायणी, बागमती, कमला र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको तर सतर्कता तहभन्दा तलै रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तिनाउ नदीमा बहाव सतर्कता तह आसपास रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अबको ३ दिन कन्काई, कोशी, कमला, बागमती, नारायणी, तिनाउ, बबई, पश्चिम राप्ती लगायत र प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेश भई बहने नदीमा बाढीको उच्च जोखिम, कर्णाली र सुदूरपश्चिम प्रदेशका नदीमा मध्यम जोखिम रहेको छ । महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।