भारतमा एकै दिन थपिए ४० हजारभन्दा बढी संक्रमित, मृतकको संख्या २७ हजार नाघ्यो

काठमाडौं । भारतमा एकै दिन ४० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन । लामो लकडाउनपछि जनजीवन सामान्य बनाउने प्रयास भइरहेको बेला भारतमा एकै दिन ४० हजार ४ सय २५ जना संक्रमित थपिएका हुन ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घन्टामा सो संख्यामा संक्रमित थपिएसँगै एकै दिन ६ सय ८१ जनाको मृत्यु भएको छ ।

आजसम्म भारतमा कुल कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार ४३ जनाभन्दा बढी पुगेको मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या उच्च भए पनि भारतमा सक्रिय संक्रमित भने ३ लाख ९० हजार ४ सय ५९ मात्रै रहेको मन्त्रालयले जनाएको छ ।

आजसम्म भारतमा ७ लाख ८७ जना निको भएर घर फर्किसकेका छन । आइरतबार अबेरसम्म भारतमा कोरोनाका कारण कुल २७ हजार ४ सय ९७ जनाको मृत्यु भएको छ ।