देशका अधिकांश स्थानमा बाढीपहिरोको खतरा

काठमाडौं । लगातार वर्षाका कारण देशैभर बाढीपहिरो तथा डुबानको खतरा बढेको छ । बाढीको खतरा बढेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

पाढीपहिरोका कारण थुप्रै ठाउँमा जनधनको क्षतिसमेत भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नारायणी र सहायक नदीमा बहाव खतरा माथि हुने र त्यसले नवलपरासीको सुस्तामा डुबानमा पर्ने जोखिम छ।

यस्तै कोसी नदीको सतह पनि खतरा नजिक पुग्ने सम्भावना छ । कन्काई, कमला, बागमती, तिनाउ, पूर्वी राप्ती नदीको जलस्तर पनि सतर्कता चिह्न आसपास पुग्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।