बिपी आदर्श छोड्दै कांग्रेस

मदन जोशी/अत्तरिया

अहिले आदर्शको राजनीति गर्ने व्यक्तिको खडेरी भएको छ । वर्तमान समयमा पनि बिपीको आदर्श र त्यागलाई नै सम्झि रहेको छ देशले । बिपी आदर्श राजनीतिका एक उदाहरण हुन् ।

नेपालमा उनले कार्यकर्तामाझ छाडेको प्रजातन्त्र र समाजबादको बाटो अहिले पनि उत्तिकै सान्दर्भीक छ । त्यहि बाटोमा पार्टी हिडिरहेको छ । निष्ठाको राजनीति गरेका बिपी सबै समाजवादमा नै उन्मुख रहे ।

समाजबादको अरिभाषा आफैमा व्यापक छ । अहिलेका नेताहरूले समाजबाद रटान लागए पनि त्यसको सहि व्याख्या गर्न सकेका छैनन् । र, समाजबादको बाटोमा उन्मुख पनि हुन सकिरहेका छैनन् ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीले जुन इतिहास रचे त्यो सामान्य त्यागले सम्भव कुरा होइन ।

नेपालमा राणाविरोधी आन्दोलनको नेतृत्वसँगै लोकतन्त्र स्थापनामा सफलता प्राप्त भएपछि बिपीले आर्थिक र मौलिक अधिकारका निम्ति प्रजातान्त्रिक समाजवादको अवधारणा सार्वजनिक गरेका थिए ।

पीले अगाडि सारेको समाजवादी विचारबाट २०१२ सालमा नेपाली कांग्रेसले आफूलाई समाजवादी पार्टीमा रुपान्तरण गरेको थियो । त्यसैको जगमा २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा पार्टीले दुईतिहाइ बहुमत ल्यायो ।

त्रिभुवन, महेन्द्र र वीरेन्द्रको शासन भोगेका, राणाशासक तथा पञ्चायती शासकसँग नझुकेका बिपीको यात्रा सधै अविचलित रह्यो । उनी चुनौति सधै डटेर सामना गर्न माहिर थिए । उत्पीडन र कठोर यातना पाउँदा पनि नडगमगाएर उनी आफ्नो सिद्धान्त स्थापित गर्न लागि परे ।

बिपीले त्यो बेला नै जबसम्म ९० प्रतिशत गरिब एवं विपन्न जनताका प्रतिनिधी राज्यको नीति निर्माण तहमा पुग्दैनन्, तबसम्म जनता कुनै न कुनै रुपमा शोषित र पिडित भइरहन्छन् भन्ने मान्यता स्थापित गरेका थिए ।

नेपालको प्रजातान्त्रिक तथा समाजवादी आन्दोलनका बिपी विशिष्ट धरोहर रहेको कुरा नकार्न सकिन्न । किनकी नेपालमा प्रजातान्त्रिक चेतनाको विजारोपण, त्यसको बिस्तार र प्रजातान्त्रिक समाजवादको आधारशीला निर्माणमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

कांग्रेस सामन्तवाद, पुँजीवाद र साम्यवादको पक्षपाती नभएर प्रजातान्त्रिक समाजवादी पार्टी भएको उनको मत थियो ।

बीपी स्वार्थ र त्रासले अधिनायकवादी शासकहरूको पक्षमा नभिएकैले सबैका प्रिय नेता बन्न सफल भएका हुन् ।

सबै नेपालीको एउटा सानो घर होस्, गरी खान पुग्ने खेतबारी होस्, एउटा दुहुनो गाई होस्, छोराछोरी स्कुल पढ्न पाउन्, बिरामीले स्वास्थ्य उपचार गर्न पाउन् भन्ने मुख्य योजना सहितको प्रस्ताव नै बिपीको प्रजातान्त्रिक समाजवाद थियो । बीपीले साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुन्छ भन्दै साम्यवाद र प्रजातन्त्रिक समाजवाद बीचको भिन्नता भनेकै प्रजातन्त्रको उपयोग हो भनी व्याख्या गरेका छन् ।

जबसम्म गाउँको विकास हुन सक्दैन, तबसम्म देश विकास नहुने र गाउँलाई पाखा लगाएर गरिएको विकासले समृद्धि हासिल नहुने जुन सिद्धान्त थियो ।

त्यो त्यागको राजनीतिबाट वर्तमान कार्यकर्ताले धेरै कुरा सिक्नु पर्नेमा पार्टी नेतृत्व विचलित भइरहेको छ ।

बिपीको साहित्यप्रति पनि उत्तिकै रुचि थियो । यौन मनोविज्ञानमा आधारित उनका कृति अझै पनि उत्तिकै सान्दर्भिक छन् ।

कोइरालाका तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७), मोदी–आइन (२०३६), हिटलर र यहुदी (२०४०), बाबु,आमा र छोरा (२०४५), उपन्यास एवम् कथातर्फ(मेरो कथा (२०४०), दोषी चश्मा (२०३९) र श्वेत भैरवी (२०३९) प्रकाशित छन्। उनका सबै कृति अहिले पनि उत्तिकै प्रिय छन् ।