नेपाली मौलीक कथा : लिलामे माइलो

काठमाडौ । धेरै पछि काठमाडौको रहेको कुञ्ज थिएटरमा मौलिक मञ्चन भैरहेको छ लोक नाटक लिलामे माईलो । रिमेक ड्रामा बन्ने चलन आईरहेको अवस्थामा लिलामे माइलो भने पृथक नेपाली मौलिक कथा वस्तुमा बनेको छ ।

नाटक मगर समुदायको कथा वस्तुलाई लिएर बनाईएको छ । मंसिर १४ बाट सुरु भई पुस ७ गतेसम्म कुञ्ज थिएटरमा नाटक मञ्चन हुनेछ । नाटक हरेक दिन ४ः३० बजे र शनिबार र सार्वजनिक बिदाको दिन दिउँसो १ बजे मञ्चन हुने गरेको छ ।

नाटक मञ्चन भैरहँदा नाटकको पात्र परिवेस अनुसारको वास्ना नाटक घरमा आउँदै गर्दा दर्शकलाई रोमाञ्चित बनाईरहेको हुन्छ । यो किसिमको प्रयोग नेपालमा पहिलो पटक गरिएको निर्माण पक्षको दाबि छ ।

नाटकले दर्शकको राम्रो साथ र प्रतिक्रिया पाएको छ । लिलामे माइलो फेमेली ड्रामा हो । सामाजिक विषयवस्तुलाई नाटकमा उतारिएको छ । नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ब्यक्तीहरुको स्थानीय रहसन, सँस्कृती, पर्ब, ति गाउँले जीवन यापन गर्नेहरुको घटनाहरुलाई दुरुस्तै कथामा उतारिएको छ ।

धेरै पछि काठमाडौंको नाटक घरमा मौलिक कथा वस्तुमोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन कलाकार सहितको टोली १ हप्तासम्म मोरङ जिल्लाको लेटाङ स्थित राजारानी ताल आसपास क्षेत्रमा फिल्ड भिजीट गरेको थियो ।

कुञ्ज नाटक घरको प्रस्तुति तथा राजाराम गौतमको निर्माणमा बनेको नाटकको कथा÷निर्देशकः प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण राज थापा काउचा, कलाकारहरु सलमान खान गुरुङ (माइला), निशा पाख्रिन (प्याकुली), राजन भुजेल (दुधे), पुष्पराज अवस्थी (जिम्वाल), विजय नेपाल (सानकाजी), विरेन्द्र खाति, अलविना न्यौपाने (चन्द्रा), मनोज थापामगर (कान्छा), संजिव राई (गाउँले), नमस्ते दिवाकर घिमिरे (सोमे), विपना थापा (जुुनु), विरेन्द्र खाती, शिला राना मगर, सचिन मल्ल (धरापे), संगीता थापा, सुनिल मगर(झप्ते), ललित मगर (लोके), चक्र विष्ट (गाउले), पारुहागं राई (बनकाँडे)रहेका छन् ।
लिलामे माईलो नाटक मञ्चनबाट संकलन हुने रकम खर्च कटाएर बाँकि रकम सामाजिक कार्यमा खर्च गरिने निर्माता राजाराम गौतमले बताए । नाटक माइला भएर जन्मनुभएकाहरुले निशुल्क हेर्न पाउने छन् । सुकुम्बासी बस्तीका बालबालिका र ७० वर्ष भन्दा माथिका बृद्ध बृद्धाले यो नाटक कुनै पनि दिन निशुल्क हेर्न पाउने कुरा कार्यकारी निर्माता गौतमले जानकारी दिए ।

चटके माइलो हो नाटके माइलो
लिलामे माइलो देशै रमाइलो
मन भित्रै छ उसको हो सुन चांदिको थैलो
लिलामे माइलो देशै रमाइलो