जानकी मन्दिरमा योगी आदित्यनाथ

जनकपुर । छिमेकी मुलुक भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आज जनकपुरस्थित जानकी मन्दिरको दर्शनका लागि नेपाल आएका छन् । आज विहान करिब साढे १० बजे विशेष विमानबाट जनकपुर आएका उनले जानकी मन्दिरको दर्शन गरेका छन् ।

योगी आदित्यनाथसहितको जन्ती टोलीलाई स‌ंघीय सरकारका पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतले स्वागत गरेका थिए ।

जानकी मन्दिरको सामान्य पूजापाठपछि मन्दिर परिक्रमा गरेका योगी आदित्यनाथ यतिबेला प्रदेश सरकारले आयोजना गरेको भण्डारामा सहभागी भएका छन् ।

आजै दिउँसो प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र उत्तरप्रदेशका मुख्यमन्त्री योगीले बाह्रबिगामा सम्बोधन गर्ने कार्यक्रम छ । मुख्यमन्त्री योगी आजै दिउँसो ४ बजे स्वदेश फर्कने छन् ।