नुवाकोटमा मिनी ट्रक दुर्घटना, कम्तिमा १६ जनाको मृत्यु

विदुर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा शुक्रबार साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । समुद्रटारबाट शिखरबेंसी हुँदै घ्याङफेदीतर्फ गइरहेको मिनी ट्रक साँझ ६ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

गाडीमा ४० जना यात्रु रहेको बताइएको छ । गाडी भीरबाट करीब ४०० मिटर तल खोलामा खसेको दुप्चेश्वर गाउँपालिकाका प्रशासकीय अधिकृत रामहरि गजुरेलले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन भने उद्धार कार्य जारी छ ।