Logo
२१ कात्तिक २०८२, शुक्रबार

ललिता निवाश जग्गा प्रकरणमा एकै दिन सात जना पक्राउ

अक्षरपाटी
२०८० असार १२ , मंगलबार ०३:०६ मा प्रकाशित

काठमाडौं १२ असार। ललिता निवाश प्रकरणमा अनुसन्धानका लागि आज एकै दिन सात जना पक्राउ परेका छन्।

आज बिहान भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेलगत्तै थप ६ जना पक्राउ परेका हुन्।

सोही प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका हुन्। केन्द्रीय अनुसन्धान ब्युरोले शाहलाई आजै दिउँसो पक्राउ गरेको हो।

सीआईबीको टोलीले मालपोत कार्यलय डिल्ली बजारका पूर्व खरिदान गोपाल कार्कीलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको हो।

प्रकरणमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पनि आजै पक्राउ परेका छन्।

ललीता निवाश प्रकरण