Logo
२६ कात्तिक २०८२, बुधबार

एनआईसी बैंक र द क्लिफ नेपालबीच छुट सम्झौता

अक्षरपाटी
२०८२ कात्तिक २४ , सोमबार ०७:११ मा प्रकाशित

काठमाडौं। एनआईसी एशिया बैंक र द क्लिफ नेपालबीच छुट सम्झौता भएको छ।

बैंकका ग्राहकले द क्लिफ नेपालमा सेवा लिँदा विशेष छुट दिनेबारे सम्झौता भएको हो। सम्झौताअनुसार बैंकका ग्राहकले पर्वतको कुश्ममा रहेको द क्लिफमा विभिन्न सेवा लिएर डिजिटल भुक्तानी गरेमा १० प्रतिशत छुट पाउने छन्।

ग्राहकले द क्लिफमा आवास सेवा, मेगाट्रोल, स्काइसाइकल, स्काइ क्याफे सेवामा १० प्रतिशत छुट सुविधा पाउने सम्झौतामा उल्लेख छ।

एनआइसी एसिया बैंक