
बाजुरा । बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ । बजारको एक पसलमा लागेको आगो निभाउने प्रयास भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो करिब १२:२० बजेतिर आगलागी सुरु भएको हो ।
दमकल नहुँदा आगो निभाउन समस्या भइरहेको छ । बजारवासीले प्रहरीको सहयोगमा स्थानीय स्रोत साधन प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन् ।
आगलागीको कारण खुलेको छैन ।
आगलागी


