Logo
२१ भदौ २०८३, आईतबार

ब्राइटवे पब्लिक स्कुलको दिक्षान्त समारोह सम्पन्न

अक्षरपाटी
२०८२ चैत्र ८ , आईतबार ०९:०३ मा प्रकाशित

धनगढी। कैलालीको धनगढीस्थित ब्राइटवे पब्लिक स्कुलले मन्टेश्वरी तह (यूकेजी) का विद्यार्थीको दिक्षान्त समारोह सम्पन्न गरेको छ।

विद्यालयका प्रधानाध्यापक कुवेरजित साउँदको अध्यक्षतामा भएको कार्यक्रममा यूकेजीमा अध्ययनरत ३३ जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रअ साउँदले मन्टेश्वरी तह पूरा गरेका बालबालिकालाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरे।

मन्टेश्वरी प्रमुख शिक्षिका कमला अवस्थीले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीसँग बिताएका क्षण स्मरण गरिन्। उनले आगामी शैक्षिक यात्रामा अभिभावकको भूमिका महत्वपूर्ण हुने बताइन्।

कार्यक्रममा शिक्षक तथा अभिभावकहरूको सहभागिता रहेको थियो।

दिक्षान्त