‘कस्तो सुहाको फुली’ बजारमा

काठमाडौं। गायक सुरेन चन्द र गायिका विशाखा शाहीको स्वरमा रहेको ‘कस्तो सुहाको फुली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतको शब्द र संगीत सिएल शर्माको हो।

साहस शाक्यको एरेन्ज रहेको गीतमा मोडेल पल शाह र सुधिर श्रेष्ठसँग जुम्ल्यहा दिदीबहिनीद्धय प्रिज्मा र प्रिन्सी खतिवडाले अभिनय गरेका छन्।

बैँशालु उमेरमा जानी नजानी गर्ने प्रेम र प्रेमी–प्रेमिकाको मिठो विषयलाई गीतमा उतारिएको छ ।

शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियोको कोरियोग्राफी राजिव समिरले गरेका हुन। सुप्रिम पराजुलीको सम्पादन तथा कलरिगं रहेको भिडियोको छायांकन अर्जुन तिवारीले गरेका छन्।