सम्पदा बानियाँ अब ‘प्रेमगन्ज’मा

काठमाडौं। चलचित्र चौतारीको ब्यानरमा निर्माण हुनलागेको चलचित्र ‘प्रेमगञ्ज’ को लागि सम्पदा बानियाँलाई मुख्य भूमिकामा अनुबन्धित गरिएको छ । यसअघि अडिसनमार्फत केही कलाकार छनौट भएका थिए।

चलचित्रमा अभिनेताका रुपमा तेज गिरी र नायिकामा बेनिशा हमाल छनोट भएका थिए। हमालसँगै सम्पदा पनि छनोट भएकी हुन्।

चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकारी दिए।

चलचित्रमा सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छानिसकिएको छ।

२५ वर्षदेखि नेपाली चलचित्रमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेको यो चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन्।