‘हेर्देउ न मायाले’मा तक्मे बुडा र रजनीको रोमान्स

काठमाडौं। विल्सन विक्रम राई (तक्मे बुडा) र नायिका रजनी गुरुङको मुख्य भूमिका रहेको ‘हेर्देउ न मायाले’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा स्वर गायक निमा तामाङको रहेको छ। भद्रकला आङबुहाङ राईको शब्द रहेको यस गीतलाई बादल लिम्बुले संगीतवद्द गरेका हुन्।

म्युजिक भिडियोमा विल्सन विक्रम राई (तक्मे बुडा) र रजनी गुरुङमार्फत प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। भिडियोमा निमा तामाङ, सुजन राई र बिशाल लिम्बुको समेत अभिनय देख्न सकिन्छ।

पाँचथरको सुन्दर दृश्य समावेश गरिएको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्। भिडियोमा विल्सन विक्रम राईको कन्सेप्ट र कोरियोग्राफी छ। किरण राईको छायांकन र सम्पादनमा भिडियो तयार पारिएको हो। तक्मेबुडा डट कममार्फत भिडियो सार्वजनिक गरिएको हो।