प्रस्तावित दरबन्दी संरचनाफिर्ता नगरे सरकारविरुद्ध झन कडा आन्दोलन

काठमाडौ । ९ दिनदेखि आन्दोलनरत हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) ले प्रस्तावित दरबन्दी संरचनातत्कालफिर्ता गर्न सरकारसमक्षआग्रह गरेको छ । पत्रकार सम्मेलन गरेर संघले यस्तो आग्रह गरेको हो ।

सरकारले प्रस्तावित दरबन्दी संरचनाफिर्ता नगरे देशभरिका स्वास्थ्यचौकी ठप्प पार्ने, नियुक्तीपत्र जलाउने, सामूहिक राजीनामा दिने र अझै कडा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष दाताराम अधिकारीले कार्य प्रकृति हेरी जिम्मेवारी प्रदानगर्नुपर्ने अडान राखेका छन् । उनले भने, ‘सरकारले हाम्रामागहरु तत्काल सम्बोधन गर्नुपर्छ । हामीले विगत ९ दिनदेखि अत्यन्तै संयमित भएर संघर्ष गर्यौं । तर, राज्यले हाम्रो मागअहिलेसम्म सम्बोधन गरेको छैन् । अब पनि राज्य गम्भिर नहुने हो भने हामीकडा संघर्षमा उत्रिन्छौं ।’

अधिकारीले यहीखालको दरबन्दी संरचना पारित गर्ने हो भने समग्र स्वास्थ्य क्षेत्र नै धराशयी हुनसक्ने चेतावनी दिए । त्यस्तै उनले यहीकारणले मुलुकको संघीय प्रणालीमा समेत बाधापुग्ने खतरा औंल्याए ।

कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र खड्काले समग्र स्वास्थ्य क्षेत्रको सुधारको लागि आफूहरुले उठाएका जायजमागहरु सरकारले सम्बोधननगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले कर्मचारीलाई कार्य÷जिम्मेवारी दिँदा सेवाप्रवेश गरेको नियुक्तीपत्रमा उल्लेखित पदअनुसार मात्र दिनुपर्ने अडान लिए ।

त्यस्तै, कार्यक्रममा संघका सल्लाहकार गोविन्द गिरीले सिँगो स्वास्थ्य सेवा प्रणालीलाई नै धराशयी बनाउने गरि प्रस्तावित दरबन्दी संरचनाले कर्मचारीबीच मनमुटावब हुनुको साथै स्वास्थ्य सेवा प्रवाहमा नै गम्भिर असर पर्ने चिन्ता व्यक्त गरे ।