बजारमा ‘चन्द्र कुमारी’

काठमाडौं । पुराना लोक श्रस्टा नबिन ढुंगेल, नबराज घोरासैनी, मंजु गौतम र मनिषा घोरासैनीको ‘चन्द्र कुमारी’ बोलको गीत बजारमा आएको छ।

गीतमा नबराज घोरासैनीको शब्द, नबिन ढुंगेलको सङ्कलन र कमल सौरागले संगीत संयोजन गरेका छन्। गायक ढुङ्गेल तथा घोरासैनीको यो पहिलो सहकार्य हो।

सन्तोष राजबाहकको कोरीयोग्राफी रहेको भिडियोलार्इ राज केसीले निर्देशन गरेका छन। भिडियोमा बिक्रम नेपाली र पूजा नाथको अभियनय छ।

रामकुमार केसीको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन र कलर गरेका छन्।