भुर्तेल टी २० सिरिजको उत्कृष्ट खेलाडी

काठमाडौं। नेपाली युवा खेलाडी कुशल भुर्तेल त्रिदेशीय टी २० क्रिकेट सिरिजको उत्कृष्ट खेलाडी बन्नुभएको छ। पाँच खेलमा चार अद्र्धशतकसहित कूल २७८ रन बनाउनुभएका उहाँ ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका छन्।

प्लेयर अफ दि सिरिज भएका भुर्तेलले पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गरे। उनले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ६२, मलेशियासितको खेलमा ६१, नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा ६२ तथा फाइनल खेलमा आज नेदरल्यान्ड्सविरुद्ध फाइनल खेलमा ७७ रन बनाए।

भुर्तेल एकै सिरिजमा चार अर्धसतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बन्नुभएको छ। उनले टी–२० क्रिकेटमा डेब्यु खेलमा लगातार तीन अर्धशतक बनाउने कीर्तिमानसमेत बनाए।

यसैगरी सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी सन्दीप लामिछाने बने। उनले सिरिजको पाँच खेलमा १३ विकेट लिए। टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडीसमेत बनेका लामिछानेले १०१ खेलमा १३८ विकेट लिएका छन्।