कुश्मा भट्टका चार मुक्तक

० कुश्मा भट्ट

घरमै बस्ने यसरी थियो कहाँ रहर
के नै गर्नु अब, बन्द भएपछि शहर
घरमै बसौँ सबैजना, नजाउ यताउता
सबैमिली रोक्नु छ, कोरोनाको कहर।

०००
प्यास छैन कत्ति भो, पानी भएर के गर्नु
राजा विनाको दरबारमा, रानी भएर के गर्नु?
भन्न त भन्थ्यो ऊ आँखाको नानी बनाउँछु
ती आँखाले अरु नै हेरेपछि, नानी भएर के गर्नु?

०००
बिना कारण आँखाबाट आँशु किन झरे
जीवनबाट टाढा हुन खोज्ने–को भर परे,
बसन्तको हरियालीमा रम्न खोज्ने मान्छे,
शिशिरयामको उजाडसँगै खुसी पर सरे।

०००
किन आउँछ उसको याद घरीघरी
लाग्छ मलाई ऊ, यतै कतै छ वरीपरी
एक पल छुट्टिँदा मन अस्थिर हुन्छ,
नजिकै बस्न मन लाउँछ छेउमै परी