गजल

० राम दाहाल

जिन्दगानी कहिल्यै आहा भएन
सुखको पनि कहिल्यै चाहा भएन

भाग्यमा नै नभएर होला महोदय
त्यसैले मनमा कहिल्यै डाहा भएन

पसिना बगाउँदा खुन सुकाउँदा पनि
लेखेको के छ, भाग्यमा थाहा भएन

परीश्रममा विश्वास गर्दा पछि परियो
तैपनि दिलमा कहिल्यै, औडाहा भएन

परिचितहरूको भीडमा एक्लै भएर होला
सान्त्वनाको कहिल्यै, निगाहा भएन।
–संखुवासभा