भुवनले ल्याए ‘म मरेपनि चुरा पोते’

काठमाडौं। गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको नयाँ गीत ‘म मरे पनि चुरा पोते’ बजारमा आएको छ ।

भुवनले संगीत दिएको गीतमा स्वर नेपाल आइडबाट उदायका गायक प्रवीन बेडवालको छ।

खेमराज राईले रचना गरेको गीतलाई कृष्ण लिम्बू साउदेनले एरेन्ज गरेका छन्।

किरोश थापाले मिक्सिङ गरेको गीत युट्युब च्यालन ‘परी सिनेसंगीत’मार्फत बजारमा आएको हो।