बाँकेमा थप ११ जना कोरोना सङ्क्रमितको निधन

बाँके। बाँकेका बिभिन्न अस्पतालमा भर्ना भएका थप ११ सङ्क्रमितको गए राति मृत्यु भएको छ।

भेरी अस्पताल नेपालगञ्जमा ६ जना र शिक्षण अस्पताल कोहलपुरमा पाँच गरी ११ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत गुलरिया नगरपालिका ९ बर्दिया निवासी ४७ वर्षीया महिला, वनगाडकुपिण्डे नगरपालिका सल्यान निवासी ५० वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका ५ निवासी ४४ वर्षीय पुरुष, नेपालगञ्ज १६ निवासी ४९ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका ६ निवासी ५५ वर्षीय पुरुष र बढैयाताल गाउँपालिका बर्दिया निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कैलाली घोडाघोडी नगरपालिका १ निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका २ निवासी ३० वर्षीया महिला, कोहलपुर १० निवासी ४५ वर्षीया महिला, कोहलपुर ११ निवासी ४१ वर्षीय पुरुष र कोहलपुर १४ निवासी ६४ वर्षीया महिलाको पनि गए राति मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्दका स्रोत व्यक्ति वलीले जानकारी दिए।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या जिल्लाभित्रका २०४ र बाहिरी जिल्लाबाट उपचार गराउन आएका १५७ गरी ३६१ जना पुगेको छ।