पछिल्लो २४ घन्टामा १६८ जनाको निधन, नौ हजार ३०५ जना संक्रमित

काठमाडौं। दोस्रो लहरका रुपमा फैलिएको कोरोना महामारीबाट आज १६८ जनाको निधन भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घन्टामा १६८ जनाको मृत्यु भएको हो। यो अवधिमा थप नौ हजार ३०५ जनालाई संक्रमण पुष्टि भएको छ।

मंगलबार एकैदिन सबैभन्दा उच्च २२५ जनाको कोरोना संक्रमणका कारण निधन भएको थियो।

तीव्र गतिमा प्रसार हुने र कडा लक्षणसहित संक्रमण फैलने कोरोनाबाट पीडितहरुले पछिल्लो समय अक्सिजन अभाव र अस्पतालमा बेड नपाएर बढी ज्यान गुमाउनु परिरहेको अस्पतालहरुले नै जनाएका छन्।